२ लाख रकमसहित २ जना पक्राउ



रौतहटः रौतहटको राजदेवी नगरपालिका ८ लक्ष्मीपुर सीमाईलाकाबाट दुई लाख रुपैयाँ सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको शिवहर ग्राम पञ्चायत-९ घर बताउने ३१ वर्षिय असरथ मन्सुरी र ३० वर्षिय ओसी मोहमद रहेका छन् ।

नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट खटिएको एपीएफ टोलीले चेकजाँच गर्ने क्रममा बीआर ३०वाई ५४३७ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुलाई मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ ।

प्रकाशित :७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्