मानवअधिकार आयोगको अध्यक्ष भन्दै ठगी गर्ने पक्राउ



काठमाडौं : आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने पक्राउ परेका छन्।

पाँचखपन गाउँपालिका वडा नं ५ खमारे स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं ७ मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापालाई पक्राउ परेका हुन् । उनले आफू अमेरिकाको कार्यक्रममा जाँदा पाँच वर्षको मल्टिपल भिसा लगाइदिने भन्दै विश्वासमा लिएर ठगी गरेका थिए ।

हिलेसम्म उनले १५ लाख रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनले ठगी गरेको भएमा प्रहरीको सम्पर्कमा आउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित :७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्