गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्तावमा विपक्षी दलले साथ नदिने



पोखरा : नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने गण्डकी प्रदेशका विपक्षी दलहरुले। बताएका छन् ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर सत्तारुढ नेकपा औपचारिक रुपमा नफुटेसम्म मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध अविश्वासको प्रस्ताव नल्याउने स्पष्ट पारेका हुन् ।

नेकपामा विवाद आएपनि औपचारिक रुपमा दुईवटा दल नबाँडिएकोले अविश्वासको प्रस्ताव ल्याउनुको कुनै तुक नहुने उनीहरुको भनाई छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले भने, ‘नेकपामा विवाद छ तर औपचारिक रुपमा फुटेको पनि छैन ।
औपचारिक रुपमा पार्टी नफुटेसम्म काँग्रेसले यताउता गर्नुको कुनै तुक नरहेको उनले बताचए ।
उनले अविश्वासको प्रस्ताव ल्याउनका लागि नेकपा औपचारिक रुपमा फुट्नुपर्ने बताए ।

उनले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे अहिलेसम्म औपचारिक रुपमा छलफल वा बैठकसमेत नगरेको बताए ।

यस्तै जसपा संसदीय दलका नेता हरिशरण आचार्यले पनि जसपा प्रतिगमनको मतियार नबन्ने बताउँदै नेकपा फु्टेपछि मात्र अविश्वास प्रस्तावको बारेमा सोच्ने बताए । आचार्यले भने, ‘हामी संसद पुर्नस्थापनाका लागि आन्दोलित छौं, यस्तो बेला मुख्यमन्त्री गुरुङलाई साथ दिएर प्रतिगमनको मतियार बन्दैनौं ।’ उनले अविश्वासको प्रस्तावबारे औपचारिक छलफल नभएको पनि बताए । दुईजना प्रदेशसभा सदस्य रहेको जसपाका नेता आचार्यले आफू र अर्का सांसद धनमाया लामा पोखरेल पैसामा खरिदबिक्री नहुने बताए । यसैबीच प्रदेशसभाको विशेष अधिवेशन माग गर्ने कांग्रेस र जसपाले विशेष अधिवेशनमा आएको साझा संकल्प प्रस्ताव कार्यान्वयनमा आशंका व्यक्त गरेका छन् । खास गरेर जनताको स्वास्थ्यसँग सम्बन्धित विषय कार्यान्वयनमा यी दुई दलको आशंका छ ।

प्रकाशित :७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्