जसपाद्वारा सरकारको असंवैधानिक कदमविरुद्ध विरोध प्रदर्शन



काठमाडौं : आज जसपाको देशभर दोस्रो चरणको विरोध प्रदर्शन भएको छ । बिरोध प्रदर्शन र बिरोध सभा अन्तर्गत ललितपुरको लगनखेल बसपार्कमा आयोजित कार्यक्रमको अध्यक्षता गरेका जिल्ला अध्यक्ष सनोज महतले पुष २५, २७ , २९ र माघको ३ गते गरि यशअघि मुलुकको प्रमुख १६ स्थानमा विशाल बिरोध सभाहरु आयोजना भएको बताए ।

बिरोधसभामा “सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्धमा तेस्रो चरणको कार्यक्रम अझै कडा पारिने भएको । लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नु पर्दछ । तर न्यायमुर्ती ज्युहरु जो हाम्रो समाजको हिस्सा हुनुहुन्छ उहाँहरुले जुन आसयका साथ बहसको दौरान आजभोलि प्रश्न गरिरहनु भएको छ । त्यसले आम जनमानसमा शंकाहरु उब्जिन थालेको छ । र पनि हाम्रो विश्वास के हो भन्ने उहाँहरुले आफ्नो मान सम्मान र प्रतिश्ठा माथी आँच आउने कुनै फैसला गर्नु हुन्न।संविधानको मर्म र भावना अनुसार नै फैसला गर्नुहुन्छ होला पक्कै पनि कल्पनामा फैसला गर्नु हुन्न छ ।

प्रधानमन्त्रीजीले जनताको सार्वभौम अधिकार जो अहिले हनन गर्नु भएको छ राजा बनेर त्यसको लागि जनतासँग ढिला नगरी माफी माग्नु पर्दछ, प्रमले अहिले जो संवैधानिक संकट निम्त्याउनु भएको छ त्यसले गर्दा आम नागरिकले अहिले प्रश्न गर्न थालेका छन,संविधान नै नमान्नेले चुनाव के गर्ला ?फेरि जनताले त ५ वर्षको मतादेश दिएको होइन र अनि ३ वर्षमै किन चाहियो चुनाव ? अहिले निर्वाचन आयोगलाई पनि हामी खबरदार गर्न चाहन्छौं असंवैधानिक तरिकाले घोषणा भएको चुनावको तैयारीको नाममा राज्यको ढुकुटी रित्याउन तर्फ तपाईं नलाग्नुस नभए न्यायप्रेमी जनताले तपाईंलाई पनि बाँकी राख्दैनन् । यस्को अर्थ हामी चुनावबाट भागेको वा डराएको अर्थ नलागोस।अब आउने समयमा मुलुकको पहिलो पार्टी बनेर हामी आउँदै छौं ।

प्रमज्यु कामचलाउ सरकारले सरकार बिस्तार गर्न पाउँछ र ?देशमा समस्यै समस्या निम्त्याएर कसैले प्रश्न नगरोस भनेर राजा र तानाशाह हुन खोजेको हो ? नबिर्सिनुस एकचोटि विश्व इतिहास हेर्नुस् गदाफी पनि तानाशाह नै थियो र त्याहाँको लोकतन्त्र प्रेमी जनताले के गरे ? कोरोनाको खोप जनताले निः शुल्क पाउछन् त प्रमज्यु ?” जस्ता प्रश्न कार्यक्रममा गरिएको छ ।

प्रकाशित :७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्