विवेकशील साझा पार्टीको प्रधानमन्त्रीलाई वर्णमाला उपहार



मोरङ : विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्णमाला उपहार दिएको छ ।

प्रदेश १ मुख्यमन्त्री कार्यालयमार्फत विवेकशीलले प्रतिनिधि सभा विघटनको विरोधमा प्रधानमन्त्रीलाई नेपाली वर्णमाला उपहार पठाएको हो ।

असंवैधानिक रुपमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा आफूहरुले नेपाली वर्णमाला उपहार पठाएको विवेकशीलका मोरङ संयोजक अमलेश कर्णले जानकारी दिए ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि विवेकशील साझाले पनि विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित :७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्