छोडे ट्रम्प ह्वाइट हाउस



वाशिंगटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति भवन छोडेका छन् ।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट उम्मेदवार जो बाइडेनसँग पराजित भएका ट्रम्पले चुनावी परिणाम उल्ट्याउने असफल प्रयास गरेका थिए तर, उनको प्रयास सफल नभएपछि उनी आज ह्वाइट हाउस छाडेका हुन् ।

जो बाइडेनले बुधबार नै राष्ट्रपतिको शपथ ग्रहण गर्दै छन् । ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएको भिडियो अमेरिकी सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् ।

श्रीमती मेलेनिया ट्रम्पसँगै डोनाल्डले ह्वाइट हाउसबाट अमेरिकी सेनाको हेलिकोप्टरबाट फ्लोरिडाका लागि उडान भरे । सत्ता हस्तान्तरण गर्दा उनी बाइडेनको शपथ ग्रहण समारोहमा सहभागी हुनुपर्ने भए पनि उनले सो समारोहमा सहभागिता नजनाउने यसअघि नै बताइसकेका थिए । ट्रम्पले अन्तिमसम्म पनि चुनावी परिणाम स्वीकार गरेनन् ।

एजेन्सी

प्रकाशित :७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्