प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले आज देशभर वडास्तरिय प्रदर्शन गर्दै



काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ मा संसद विघटन गरेपछि यसविरुद्ध नेकपा ओली समूहबारेकका राजनीतिक दल विरोध र संघर्षमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्