उपकुलपतिले अभद्र व्यवहार गरेको भन्दै मप विश्वविद्यालयका क्याम्पस प्रमुखद्वारा सामूहिक राजीनामा



सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालयका क्यामपस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् । उपकुलपतिको कार्यालयमा आज (बिहीबार) बसेको बैठकमा विश्वविधालयका उपकुलपति नन्दबहादुर सिंहले क्याम्पस प्रमुखहरूलाई अभद्र व्यवहार गरेपछि क्याम्पस प्रमुखले सामूहिक राजीनामा दिएका हुन् ।

प्राज्ञिक थलोमा उपकुलपति सिंहको व्यबहार आपत्तिजनक भएको भन्दै सामूहिकरुपमा राजीनामा दिएको क्यामपस प्रमुखहरुले बताएका छन् । पछिल्लो समय मप विश्वविधालयमा विद्यार्थी आन्दोलित छन् । विद्यार्थीको आन्दोलन दबाउन भूमिका नखेलेको भन्दै उपकुलपति सिंहले अश्लील गालीगलौज र अभद्र ब्यबहार गरेको एकजना क्याम्पस प्रमुखले बताए ।

उनका अनुसार राजीनामा दिनेमा व्यवस्थापन संकायका डाइरेक्टर, शिक्षा संकायका प्रमुख, कानुनका डाइरेक्टर, इन्जिनियरिङ, मानबिकी र व्यवस्थापन संकायका क्याम्पस प्रमुख रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्