अमेरिकाको सेयर बजारमा नयाँ रेकर्ड



काठमाडौं : अमेरिकाको सेयर बजारमा नयाँ रेकर्ड बनेको छ । एस एन्ड पी ५०० इन्डेक्स १.४ प्रतिशतले बढ्दा नासडक इन्डेक्स पनि १.९७ प्रतिशतले उकालो लागेको छ ।

यो बृद्धि अमेरिकाले हालसम्म नयाँ राष्ट्रपति पाएको पहिलो दिमा अहिले सम्मकै सबैभन्दा बढी हो। अमेरिकाको राष्ट्रपतिमा जो बाइडन बुधबार नियुक्त भएका हुन् ।

अमेरिकामा बाइडनले राष्ट्रपति चुनाव जितेदेखि सपथ ग्रहण सम्म अमेरिकी बजारमा ब्यापक वृद्धि भइरहेको छ । ग्लोबल रिसर्च संस्था सीएफआरएका अनुसार यस बीच एस एन्ड पी ५०० इन्डेक्स १३ प्रतिशतले बढेको छ ।

अमेरिकी राष्ट्रपति चुनावको नतिजा आएदेखि शपथ ग्रहणसम्म अमेरिकी सेयर बजारमा भएको बृद्धिमा यो नै अहिलेसम्मकै उच्च बृद्धिदर रहेको बताइएको छ । एजेन्सी

प्रकाशित :८ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्