आज ३३६ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा ३३६ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार ७९९ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ५ हजार ३० जनाको पिसिआर परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यासँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ३१ हजार ७५६ पुगेको छ । आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ७९ पुगेको छ । हाल १७२ जना क्वारेन्टाइनमा रअ‍ेका छन् । गत २४ घण्टामा २२६ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, देशभर हाल १८४जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । १५० जना आइसियु र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा २ जना आइसियु रहेका छन् । प्रदेश १ मा कोही पनि संक्रमित भेन्टिलेटरमा छैनन् । प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा ५० आइसियु र २२ भेन्टिलेटरमा, गण्डकीमा ६९ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २७ आइसियु र ५ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा एक जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सूदुरपश्चिम प्रदेशमा एकजना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित :८ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्