भारतमा कोरोना खोप निर्माण गर्ने कम्पनीमा आगलागी



काठमाडौं : भारतको पुणेमा सीरम इन्स्टीट्यूट अफ इन्डियाको टर्मिनल १ को चौथो र पाचौं तल्लामा भीषण आगलागी भएको छ ।

अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन भारतमा निर्माण गर्ने कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको आजतकले जनाएको छ ।

यहि ल्याबमा टीभीबाट बचाउका लागि बीसीजीको खोप बनाउने गरिन्छ थप विवरण आउन बाँकी रहेको जनाइएको छ । आगो निभाउनका लागि दमकल पुगेको र आगो निभाउने काम भइरहेको बताइएको छ । भवनबाट कर्मचारीलाई भने सुरक्षितरुपमा निकालिएको जनाइएको छ ।

सेरमले कोरोनाविरुद्धको भ्याक्सिन कोभिसिल्ड विकास गरेको छ। सोही भ्याक्सिन बिहीबार नै नेपाल आइपुगेको छ। बिहीबार भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज भ्याक्सिन नेपाल आइपुगेको हो।

यो भ्याक्सिन अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका कम्पनीको सहकार्यमा विकास भएको हो। आगलागी भएको सेरमको प्लान्ट कोभिसिल्ड भ्याक्सिन उत्पादन प्लान्ट नजिकै रहेको बताइएको छ।

प्रकाशित : ८ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्