प्रधानमन्त्री कपमा गण्डकी बाहिरियो



काठमाडौं : गण्डकी प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । बिहीबार भएको खेलमा विभागीय टोली एपिएफसँग ६ विकेटले पराजित भएसँगै गण्डकीको यात्रा समूहगत चरणमै रोकिएको हो ।

प्रतियोगितामा गण्डकीको यो तेस्रो पराजय हो । यही नतिजापछि बिहीबार मैदानबाहिरै रहेको त्रिभुवन आर्मी क्लब भने प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूहमा अन्तिम एक खेल खेल्न बाँकी नै रहेको आर्मीले तीन खेलबाट ६ अंक बटुलेको छ । अरू टोलीले बाँकी सबै खेलमा जित हात पार्दा पनि आर्मीलाई रोक्न सक्ने छैन ।

लगातार दोस्रो जित हात पारेको एपिएफको पनि सेमिफाइनल सम्भावना बलियो बनेको छ । मूलपानी मैदानमा पहिले ब्याटिङ गरेको गण्डकी ४६औँ ओभरमा एक सय ६ रनको सामान्य योगफलमै रोकिएको थियो । एपिएफले १७.३ ओभरमा मात्रै चार विकेट गुमाएर जित भेट्टाएको हो ।
एपिएफको जितमा आशिफ शेखले ७८ रनको महत्वपूर्ण योगदान दिए । ५६ बल खेलेका उनले ६ छक्का र पाँच चौका प्रहार गरे । सुमित महर्जनले १८ रन थपे । गण्डकीका लागि समीरले ३६ रन जोड्नबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । विष्णु पाण्डे र दीपेश खत्रीले समान १५ रन जोडे । दिनेश बुढामगरले थप १२ रन थप्दा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

गण्डकीलाई सस्तो योगफलमै रोक्न एपिएफका कमल ऐरी एक्लैले चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले तीन मेडनसहित मात्रै ११ रन मात्रै खर्चिएका थिए । टोलीको जितमा महत्वपूर्ण योगदान दिएका कमल नै म्यान अफ दी म्याच चुनिए । अभिनाश बोहरा र शरद भेषवाकरले समान दुई विकेट लिए ।

सुनील धमलाको शतकीय योगदानमा नेपाल पुलिस क्लबले लम्बिनी प्रदेशमाथि ७४ रनको ठूलो अन्तरको जित हात पारेको छ । टोलीको यो जितमा सुनीलले एक सय चार रनको शतकीय योगदान गरे । उनकै प्रदर्शनमा त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा मात्रै चार विकेट गुमाएर तीन सय १० रनको ठूलो योगफल तय गरेको थियो ।

निक्कै संयमित ब्याटिङ गरेका सुनीलले एक छक्का र सात चौका प्रहार गरेका थिए । उनीबाहेक दीपेन्द्रसिंह ऐरीले ८५ र पवन सर्राफले अविजित ५० रनको अर्धशतकीय योगदान दिए । आरिफ शेख २९ रनमा अविजित रहँदा अमित श्रेष्ठले २८ रन जोडे । जवाफी ब्याटिङमा आएको लुम्बिनीले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय ३६ रन मात्रै जोड्न सक्यो । लुम्बिनीका लागि सौरभ खनालले ६० बलमा ७४ रनको योगदान दिए । उनको योगदान टोलीलाई जिततर्फ डोहो¥याउन सम्भव भएन ।

कप्तान कृष्ण कार्की ४० रनमा अविजित रहँदा सन्दीप रजालीले पनि ४० रननै जोडे । देव खनालले ४९ र राजवीर सिंहले २४ रन जोडे । पुलिसका रासिद खान र पवन सर्राफले लुम्बिनीको २–२ विकेट लिए ।

प्रकाशित: ८ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई

काठमाडौँ । नेपाली काग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले २३ फागुनमा बोलाइएको प्रतिनिधि सभा बैठकमा पार्टीको

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली प्रति

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्र निर्वाचन आयोगले पार्टीको आधिकारिकता

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सुध्रनु र बालुवा पेलेर तेल

काठमाडौं– शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं र काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई समानान्तर ढंगले अगाडी

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो राजनीतिक संघर्ष सडकको मोर्चाबाट सदनको मोर्चामा संघर्ष केन्द्रित भएको

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेकी छन् । सरकारको सिफारिशमा

काठमाडौँ : १३औँ अन्तर्राष्ट्रि ह्वेलचियर दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । समाज कल्याण परिषद् राष्ट्रिय

काठमाडौँ : सरकारले चैत २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको

काठमाडौँ : नेकपा प्रचण्ड–माधव समूहको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ । संसदीय दलको कार्यालयमा केहीबेर

काठमाडौं : सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २३ गते संसद् आह्वान गर्ने निर्णय गरे पनि