आज नेप्सेमा नयाँ रेकर्ड



काठमाडौं : धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ ।
लगातार उकालो लाग्दै आएको बजार आज दोहोरो अंकले उकालो लागेर नयाँ बिन्दु कायम गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३१.८७ बिन्दुले उकालो लागेर २ हजार ३७४.६४ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार माापन गर्ने सेन्सेटिभ परिसूचक २.५९ ले उकालो लागेर ४४५.५९ मा पुगेको छ । नेप्से उकालो लाग्दा कारोबार रकममा समेत आज राम्रै प्रभाव देखिएको छ । कूल २०९ कम्पनीका एक करोड ८१ लाख पाँच हजार ६७१ कित्ता शेयर रु सात अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ मूल्यमा खरिद बिक्री भए ।

आजको कारोबारसँगै बजार पूँजीकरण झण्डै ३२ खर्बको हाराहारीमा पुगेको छ । नेप्सेमा भएको सुधारसँगै रु ३१ खर्ब ८९ अर्ब ९५ करोड ७३ लाख ५० हजार बराबरको बजार पूँजीकरण भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ ३.८३ र सामूहिक लगानी कोष ०.०५ ले ओरालो लागेको छ । निर्जीवन बीमा, जीवन बीमा र लघुवित्त उपसमूहमा बहार आउँदा बजारले नयाँ लय समातेको छ । यस्तै व्यापार २.४७, होटल १३.६२, विकास बैंक ३१.३८, जलविद्युत् ६८.२९, वित्त ३१.९८, निर्जीवन बीमा ५४०.२३, उत्पादन २६.१३, अन्य १७.४८, लघुवित्त १५४.१६ र जीवन बीमा ४४३.४३ ले उकालो लागेको छ ।

कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्सक कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५३ करोड ३३ लाख १२ हजार ४२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै नेको इन्स्योरेन्स २६ करोड ६४ लाख ४८ हजार २१३, नेपाल पुनरबीमा कम्पनी रु २२ करोड ९९ लाख ४७ हजार २२१, शिखर इन्स्योरेन्स २२ करोड ८२ लाख ६१ हजार ७७२, नेशनल लाइफ इन्स्योरेन्स २१ करोड ४४ लाख ५६ हजार १६७, प्रभु बैंक रु २१ करोड ४३ लाख ५० हजार ९४३, नेपाल दूरसञ्चार कम्पनी २१ करोड तीन लाख ६४ हजार ६४८, एनआइसी एशिया बैंक १६ करोड १६ लाख ३५ हजार ८४४ र अरुण काबेली पावर कम्पनी १३ करोड ६८ लाख बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा सर्पोट माइक्रोफाइनान्स १०, स्वाभिमान लघुवित्त ९.९८, सिद्धार्थ इन्स्योरेन्स ९.९७, महिला सहयात्रा माइक्रोफाइनान्स ९.९६, गरिमा विकास लघुवित्त ९.९६, आशा लघुवित्त ९.९६, गुराँस लघुवित्त ९.९४, सूर्योदय लघुवित्त ९.९४ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए भने नारायणी डेभलपमेन्ट बैंक ६.७०, नेपाल हाइड्रो ४.२५, बरुण हाइड्रोपावर ३.३३, बैंक अफ काठमाण्डू २.१३, सनराइज म्युचुअल फण्ड १.९६, मन्जुश्री फाइनान्स १.६५, नबिल इक्विटी फण्ड १.६३ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.६३ प्रतिशतले गुमाए ।

प्रकाशित :८ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकृत दलको रुपमा रहने हो

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको बिषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

काठमाडौं । नेकपाको आन्तरिक राजनीतिमा पूर्व माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि

काठमाडौँ । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश अनुसार दल एकीकरणका लागि आउन आह्वान गर्दै नेकपा

काठमाडौं । नेकपा (एमाले)की नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुभारम्भ गरेका छन् । नेपाल उद्योग

काठमाडौं : वरिष्ठ नेता माधव नेपालको समूह साबिकको एमालेमा सक्रिय हुने भएको छ । सर्वोच्च अदालतले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा जनमतसंग्रह हुनुपर्ने बताएका

काठमाडौं । २४ फागुन । नेकपा दाहाल–नेपाल समूहले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र

काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले सर्वोच्च अदालतको फैसला पछिको परिप्रेक्ष्यमा

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि गुट परिवर्तन गरेका सांसदहरु

काठमाडौं । नेकपा पार्टी विभाजन पछि प्रचण्ड समूहमा लागेर पार्टी अध्यक्ष बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल