२० वर्षीय युवतीद्धारा आफ्नै कोठामा झुण्डिएर आत्महत्या



कैलाली : कैलालीको घोडाघोडी नगरपालीका वडा नम्वर ९ रतीपुरकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छिन् । रतीपुरकी २० वर्षिय अस्मीता चौधरीले आफ्नै कोठाको धुरीमा आफ्नै दोपट्टाले पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

रातको समयमा घर-परिवार सबै सुतिसकेको अवस्थामा युवतीले आत्महत्या गरको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागी सेती अञ्चल अस्पताल धनगढी ल्याएको छ । आत्महत्या किन गरिन् भन्ने कारण भन्ने खुल्न सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्