
काठमाडौं । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको लाडाइँमा नेपाललाई सहयोग गर्न भारत सधैँ प्रतिवद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप उपलव्ध गराएकोमा भारत सरकारलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत धन्यवाद दिएका थिए ।
भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएलगत्तै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदी, त्यहाँको सरकार र भारतीय जनतालाई ट्वीटरमार्फत धन्यवाद दिएका थिए ।
त्यसैको प्रतिउत्तरमा मोदीले आफूहरु नेपाली जनतालाई सहयोग गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।
उनले भारतमा बनाइएका खोपहरूले महामारी नियन्त्रण गर्ने विश्वव्यापी प्रयासमा पनि योगदान पुर्याउने स्पष्ट पारेका छन् ।
भारतले बिहीबार नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएको छ ।