कोरोना महामारी : नियन्त्रणमा चुकेको भन्दै अनुसन्धान टोलीले गर्‍यो चीन र डब्लूएचओको आलोचना



नयाँ दिल्ली : चीनबाट सुरु भएको कोरोना प्रकोपले विश्वव्यापी महामारीको रुप लिएपछि यसको उत्पत्तिबारे अध्ययन गर्ने एक स्वतन्त्र अनुसन्धान टोलीले चीन र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को चर्को आलोचना गरेको छ ।

कोरोना प्रकोपलाई राम्रोसँग नियन्त्रण गर्न नसकेको भन्दै स्वतन्त्र अनुसन्धान टोलीले चीन र डब्लूएचओको आलोचना गरेका छन् । कोरोना भाइरसको प्रकोपको सुरुका दिनमा महत्वपूर्ण संकेतलाई बेवास्ता गरेको भन्दै स्वतन्त्र अनुसन्धान टोलीले चीन र डब्लूएचओको आलोचना गरेको हो ।

न्यूजील्याण्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्क र लाइबेरियाका पूर्व राष्ट्रपति एलेन जोनसन सिरलेफको नेतृत्वमा रहेको यस स्वतन्त्र अनुसन्धान टोलीले सोमबार एक अन्तरिम रिपोर्ट जारी गरेको हो ।

जसमा चीनले प्रकोप नियन्त्रण गर्न नसकेका असफलताको केही बुँदाहरुबारे छलफल गरिएको थियो । यस प्रकोपलाई रोक्न चीनले पर्याप्त प्रयास नगरेको, डब्ल्यूएचओले जनवरीको अन्त्यसम्म पनि ध्यान नदिएको र धैरै मुलुकहरुले कोरोना महामारी फैलिएको भन्ने कुरालाई बेवास्ता गरेको विषय उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।

चीनले गरेका गल्ती र हानिकारक लापरबाहीहरुलाई पनि डब्लूएचओले ढाकछोप गरेको पाइएको छ । चीनमा भाइरस एक मानिसदेखि अर्को मानिससम्म तीव्र रुपमा फैलिरहेको भए पनि चीनले यस तथ्यलाई ढाकछोप गरेको रिपोर्टमा दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्