बागमती प्रदेश सभा बैठक बस्दै, अविश्वास प्रस्तावले सदनमा पाउला त प्रवेश ?



काठमाडौं : बागमती प्रदेश सभा बैठक आज (शुक्रबार) बस्दैछ । बुधबार बैठक बसेपछि अनिश्चितकालका लागि स्थगित गरिएकोमा सभामुख सानुकुमार श्रेष्ठले आजका लागि बोलाएका हुन् ।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राजनीतिक दलहरुले दबाब दिएपछि सभामुख श्रेष्ठले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षका ४५ जना प्रदेशसभा सदस्यले पुस १० गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

अधिवेशनको पहिलो दिन दलका नेताहरूले बोलेर बैठक सकिएकोमा अब औपचारिक रुपमा अविश्वास प्रस्ताव सदनमा प्रवेश गर्ने सांसदहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्