बिग बास लिगमा सन्दीपको उत्कृष्ट प्रदर्शन



काठमाडौं : अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल)अन्तर्गत पर्थ स्कोरचर्सले होबार्ट हरिकेन्सलाई १८० रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको पर्थले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन बनायो । उसका लागि विकेटकिपर ब्याट्सम्यान जोश ईन्ग्लिसले शानदार ब्याटिङ गरेका छन् । उनले ३५ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाएका हुन् ।

झा रिचर्डसनले २९, लियाम लिभिन्गस्टोनले २६, जेसन रोयले २०, कप्तान एष्टन टर्नरले १५ र आरोन हार्डीले १२ रनको योगदान दिए। बलिङमा नेथन एलिसले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट हात पारेका हुन्। यस्तै सन्दीप लामिछानेले २ विकेट लिँदा विल ज्याक र डार्सी शर्टको नाममा एक–एक विकेट रह्यो ।

सन्दीपको उत्कृष्ट बलिङ होबार्टमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले पर्थविरुद्ध उत्कृष्ट बलिङ गरे। उनले आज ४ ओभरमा महत्पूर्ण २ विकेट लिएर २७ रन खर्चे । चौथो ओभरमा ६ रन खर्चेका सन्दीपले तेस्रो ओभरमा ७ रन दिएका थिए। त्यसअघि उनले आफ्नो दोसो र पहिलो ओभरमा १–१ विकेट लिएका थिए ।

टिमका लागि आठौँ ओभर लिएर आएका सन्दीपले पर्थका अलराउन्डर मिचेल मार्शको रूपमा व्यक्तिगत दोस्रो विकेट लिए । उनले ७.५ ओभरमा मार्शलाई एलबीडब्यू आउट गरेका हुन् । दोस्रो ओभरमा सन्दीपले मात्र ४ रन खर्चिए । सन्दीप

आफ्नो पहिलो ओभरको चौथो बलमा लायम लिभिन्स्टोनलाई २६ रनमा आउट गरेका थिए । उनले लिभिन्स्टोनलाई डेविड मलानको हातबाट क्याच आउट गराएका हुन् । पहिलो ओभरमा सन्दीपले एक छक्कासहित १० रन खर्चेर महत्वपूर्ण विकेट लिए । सन्दीप पछिल्लो दुई खेलमा लगातार विकेटविहीन थिए । जारी प्रतियोगितामा सन्दीपको यो छैठौँ म्याच हो ।

प्रकाशित : ९ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्