आज ३०२ कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये ३ हजार ६ सय १४ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ३ हजार ५ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा ३ सय २ जनामा कोरोना पुष्टि भएको छ । योसँगै पिसिआर परीक्षण हुनेको संख्या २० लाख ३५ हजार ३ सय १ पुगेको छ ।

आज थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ। हाल १ सय ५८ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा ४ सय ८० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, देशभर हाल १ सय ८५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । १ सय ५४ जना आइसियु र ३१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा २ जना संक्रमित मात्र आइसियुमा छन् । कुनै पनि संक्रमित यहाँ भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा ५३ आइसियु र १९ भेन्टिलेटरमा, गण्डकीमा ६९ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २७ आइसियु र ५ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सूदुरपश्चिम प्रदेशमा २ जना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित :९ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्