घुस रकमसहित २ जना अख्तियारकाे नियन्त्रणमा



रुपन्देही : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिल्ला अदालतका २ जना नापी निरीक्षकलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

आयोगले अदालतका नापी निरीक्षकद्वय सुमित चौलागाईं र मनोज थापा ५ हजार घुस रकमसहित आज पक्राउ परेका हुन् । आयोगले सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

रुपन्देही कोटहीमाई गाउँपालिका वडा नम्बर १ बोगडियाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित :९ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्