निर्वाचनको छलफलमा नाराबाजी



विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजना गरिएको निर्वाचन तयारीको छलफल प्रचण्ड-माधव समूहले बहिस्कार गरेको छ ।

आज जिल्ला निर्वाचन कार्यालय मोरङले आयोजना गरेको सर्बपक्षीय छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै प्रचण्ड-माधव समूहले बहिस्कार गरेको हो ।

नेकपा प्रचण्ड-माधव समूहका मोरङका नेता पारुल क्षेत्रीले ‘प्रतिगम मुर्दावाद, केपी ओली मुर्दावाद’ भन्दै नाराबाजी गरे । सर्वपक्षीय छलफलमा प्रचण्ड-माधव समूहबाट क्षेत्रीसहित चारजना प्रतिनिधि पुगेका थिए ।

निर्वाचन तयारीका बारेमा छलफल सुरु भएपछि क्षेत्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमले संविधानमाथि प्रहार भएको बताउँदै नहुने निर्वाचनको तयारी गरेको बताए । भने मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले छलफल आवश्यक रहेको बताएका थिए ।

प्रकाशित :९ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्