कोरोनाविरुद्धको खोप माघ १४ गतेदेखि लगाउने तयारी



काठमाडौं : नेपाल सरकारले भारतबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप माघ १४ देखि लगाउन सुरु गर्ने तयारी गरेको छ ।

सरकारले पहिलो चरणमा कोरोना संक्रमण नियन्त्रणका लागि अग्र भागमा रहेर काम गर्नेलाई खोप लगाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने बताए ।

खोपका लागि समूह तयार पारिसकेको पनि बताएका छन् । उनले भने, ‘मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुवात भइसकेको छ र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’ मा पुगेका छौं ।’ पर्याप्त खोप नआइसकेकाले अझै केही महिना अझ सावधानी अपनाउन आग्रह गरे ।

प्रकाशित :९ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्