यो साताको साप्ताहिक राशिफल



मेष राशि : मिठो बोलीले काममा राम्रो प्रभाव पर्नेछ । धनको सुख मिल्ने एवम् सम्पत्तिको कारोबार बढ्नेछ । सन्तानबाट सहयोग एवम् विदेशबाट धन प्राप्तिको योग देखिन्छ । नयाँ सरसामानमा खर्च हुने तथा छोटो यात्राको सुख मिल्नेछ । दिदीबहिनी तथा आफन्तबाट धनको सहयोग हुनाले घरायसी काम बन्नेछ । साताको अन्त्यमा भने परिवारमा विवाद आउने एवम् स्वास्थ्यमा समस्या देखिनेछ । आफन्तसँगको कारोबारमा विवाद एवम् समस्या हुन सक्नेछ ।

वृष राशि : साथीभाइसँग घुमघाममा समय र पैसा बढी खर्च हुनेछ । मनोरञ्जनमा खर्च हुने तथा नयाँ ठाउँको भ्रमण हुनेछ । नयाँ नाता गाँसिने तथा वैवाहिक सुख मिल्नेछ । भोग विलास एवम् सावरी साधनमा खर्च बढ्नेछ । आफन्तको सहयोगले सानोतीनो व्यवहार टर्नेछ । नरम बोलीको प्रभावले ठूलाबडासँग सम्बन्ध बन्नेछ । साताको अन्त्यमा भने काममा जिम्मेवारी थपिने एवम् यात्रामा झन्झट आउँनेछ । सवारी साधनले धोका दिने एवम् खर्चमा वृद्धि हुनेछ ।

मिथुन राशि : अनावश्यक ठाउँमा खर्च बढ्नेछ । साथीभाइसँग रमाइलो एवम् खानपिनमा पैसा बढी जानेछ । सरसामान हराउन सक्ने एवम् व्यवसायमा घाटा हुन सक्नेछ । साताको मध्यमा भने प्रेममा प्रगती, आफन्तसँग भेटघाट एवम् नयाँ मित्रता शुरु हुनेछ । परिवारजनसँग रमाइलोमा खर्च बढ्ने एवम् भोजभतेर रमाइलो हुनेछ । साताको अन्त्यमा भने व्यवसायमा आम्दानी बढ्ने एवम् लगानीका राम्रो प्रतिफल आउनेछ । धनसम्पत्तिको सहयोग मिल्नाले पुराना व्यवहारमा राहत मिल्नेछ ।

कर्कट राशि : सोचेको एवम आँटेको कुरामा सफलता मिल्नेछ । विद्याध्ययन रुचि हुने तथा कला, साहित्य, संगीतमा पहिचान मिल्नेछ । आम्दानीको स्तर बढ्ने एवम धनसम्पत्तिको सहयोग मिल्नेछ । साताको मध्यमा भने बढी खर्च हुने एवम यात्रामा झन्झट आउनेछ । आफन्तसँग सामान्य मनमुटाव हुने तथा चिसोको समस्या हुनेछ । साताको अन्त्यमा भने पारिवारिक भेटघाट एवम विलासितामा धन खर्च हुनेछ । आफन्त भेटघाट तथा सन्ततीबाट खुशीयाली मिल्नेछ ।

सिंह राशि : ठूलाबडाको सहयोगले सरकारी काम अगाडि बढ्नेछ । राजनीतिक पहिचान मिल्नेछ । सरकारी क्षेत्र तथा विशिष्ट व्यक्तिहरुबाट प्रशंसा मिल्नेछ । काममा जस मिल्नाले प्रतिष्ठा कायम हुनेछ । व्यापारमा राम्रो आम्दानी हुने तथा धनको कारोबार बढ्नेछ । पारिवारिक प्रेममा प्रगति हुने एवं वैदेशिक धनको सुख मिल्नेछ । शैक्षिक कार्यमा प्रगति र व्यस्तता बढ्नेछ । सन्तानको सहयोगले व्यवहारमा सहायता मिल्नेछ । भोज भतेर एवम् खानेकुरामा लगानी बढ्नेछ । साताको अन्त्यमा भने यात्रामा झन्झट हुने तथा सामान्य बाधा आउन सक्नेछ ।

कन्या राशि : धर्म कर्ममा रुचि जाने एवम धार्मिक यात्रा हुनेछ । ठुलाबडासँग भेटघाट एवम सामाजिक काममा मन जानेछ । काममा प्रशंसा मिल्नाले पदोन्नतीको सम्भावना देखिन्छ । परोपकार तथा दान, धर्म, पुण्य कर्ममा समय व्यतित हुनेछ । विदेशबाट सहायता मिल्ने एवम यात्राको सुख मिल्नेछ । साताको अन्त्यमा भने धन प्राप्ती तथा व्यापार व्यवसाय एवम लगानीमा राम्रो प्रतिफल आउनेछ । कृषि पशु चौपायाबाट आम्दामी हुने एवं माइती मावली बाट व्यवसायमा सहयोग मिल्नेछ ।

तुला राशि : नोकरी रोजगारीमा आरिस गर्नेले समस्या दिन सक्नेछन् । काममा झन्झट मिल्ने एवम् सुरु गरेको काम बीचमा रोकिनेछ । समझदारीमा बाधा आउने तथा योजना विफल हुनेछ । साताको मध्यमा भने पारिवारिक काममा व्यस्तता बढ्ने एवम धर्म, कर्मममा समय बित्नेछ । छोटो यात्राको सुख मिल्ने तथा पारिवारिक काममा अलमल हुनेछ । साताको अन्त्यमा भने सामाजिक पहिचान मिल्ने तथा राजनीतिक मुद्दामा आफ्नो पहिचान बन्नेछ ।

वृश्चिक राशि : वैदेशिक काममा फाइदा आउन थाल्नेछ । प्रेममा मिठो व्यवहार मिल्नेछ । पारिवारिक भेटघाट एवम यात्राको अवसर बन्नेछ । साथीभाइसँग रमाइलो एवम धार्मिक यात्रा हुनेछ । प्रेममा प्रगति एवम वैवाहिक जीवनमा खुशी प्राप्त हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा बाधा एवम काममा उल्झन आउनेछ । मित्रतामा बाधा आउने एवम आफन्तले काम बिगार्न सक्नेछ । साताको अन्त्यमा भने धर्मकर्ममा खर्च हुने । यात्राको सुख मिल्ने एवम ठुलाबडासँग भेटघाट रहने तथा सामाजिक क्षेत्रमा पहिचान मिल्नेछ ।

धनु राशि : विरोधी पक्षबाट भय एवं समस्या हट्नेछ । स्वास्थ्यमा सुधार हुने एवम मित्रता बलियो बन्नेछ । कुटुम्ब भेटघाट एवम पारिवारिक भोजभतेरमा सहभागिता मिल्नेछ । खेलकुद एवम् सांगितिक क्षेत्रमा प्रगति हुनेछ । साझेदारी लगानीमा फाइदा, व्यापार व्यवसायमा नाफा एवम् साथी भाइको भेटघाटमा खर्च बढ्नेछ । साताको अन्त्यमा भने यात्रामा बाधा एवम स्वास्थ्यमा समस्या तथा काममा रोकावट हुनेछ । गुप्त शत्रुले बाधा गर्नछन् र नजिकका व्यक्तिबाट धोका हुनेछ ।

मकर राशि : अध्ययनमा सामान्य प्रगति हुनेछ । सन्तानसँग भेटघाट एवम आर्थिक अवस्था सुध्रिनेछ । आम्दानीको स्तर बढ्नाले कारोबारमा सफलता एवम् घरायसी विवाद कम हुने । मुद्दा मामिला टुंगिने एवम आपसी वैमनस्यतामा मैत्री भाव आउनेछ । घरबाट बाहिरको काम बन्ने एवम यात्रामा खर्च हुनेछ । साताको अन्त्यमा भने पारिवारिक मेलमिलाप, प्रेमी प्रेमिका बीच सुमधुर सम्बन्ध बढ्ने एवम मिष्ठान्न भोजनको सुख मिल्नेछ ।

कुम्भ राशि : स्वास्थ्यमा समस्या देखिनेछ । मित्रतामा बाधा आउने एवम् माया प्रेममा मनमुटाव हुनेछ । आपसी सरसल्लाह नमिल्नाले व्यक्तिगत काममा बाधा आउनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा एवम कृषि तथा तरल पदार्थबाट व्यावसायमा फाइदा हुनेछ । नयाँ मित्रता गाँसिने एवम् सवारी साधन तथा भोग विलासमा खर्च बढ्नेछ । नयाँ ठाउँको भ्रमण तथा पारिवारिक भेटघाटमा भने खुशीयाली बढ्नेछ ।

मीन राशि : रोजगारीमा बढी जिम्मेवारी थपिनाले व्यक्तिगत काममा बाधा आउनेछ । छोटो यात्रा हुनेछ । व्यापार व्यावसायमा फाइदा एवम् काममा जिम्मेवारी थपिनेछ । साथीभाइ एवम दाजुभाइको सहयोगमा सामुहिक काम बन्नेछ । भोगविलास एवम खानपानमा खर्च बढी हुनेछ । महिला वर्गसँग दुष्मनी एवम् पारिवारिक वादविवाद हुनेछ । पेटको समस्या तथा चिसोले स्वास्थ्य बाधा हुनेछ । साताको अन्त्यमा भने संगीत तथा कला क्षेत्रबाट प्रशंसा मिल्ने तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।

प्रकाशित : १० माघ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकृत दलको रुपमा रहने हो

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको बिषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

काठमाडौं । नेकपाको आन्तरिक राजनीतिमा पूर्व माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि

काठमाडौँ । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश अनुसार दल एकीकरणका लागि आउन आह्वान गर्दै नेकपा

काठमाडौं । नेकपा (एमाले)की नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुभारम्भ गरेका छन् । नेपाल उद्योग

काठमाडौं : वरिष्ठ नेता माधव नेपालको समूह साबिकको एमालेमा सक्रिय हुने भएको छ । सर्वोच्च अदालतले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा जनमतसंग्रह हुनुपर्ने बताएका

काठमाडौं । २४ फागुन । नेकपा दाहाल–नेपाल समूहले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र

काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले सर्वोच्च अदालतको फैसला पछिको परिप्रेक्ष्यमा

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि गुट परिवर्तन गरेका सांसदहरु

काठमाडौं । नेकपा पार्टी विभाजन पछि प्रचण्ड समूहमा लागेर पार्टी अध्यक्ष बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल