मकवानपुरमा अज्ञात समूहले गरे पिकअपमा आगजनी



काठमाडौं : मकवानपुरमा अज्ञात समूहले बोलेरो जलाएका छन् । काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै मकवानपुर तर्फ अज्ञात समूहले पिकअपमा आगजनी गरेको मकवानपुरका एसपी सोेमेन्द्र सिंह राठौरले बताए ।

मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको छ । आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान गरिरहेको छ ।
घटनामा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेकपाको संलग्नता रहेको प्रहरीको आशंका छ ।

पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा आज सो समूहले नेपाल बन्दको घोषणा गरेको छ । बाँस्तोलालाई महानगरीय पहरी परिसर ललितपुरमा राखिएको छ । उनी विप्लव समूहका तेस्रो बरियताका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्