सिरहामा बम भेटियो, विप्लव समूहको संलग्नता रहेको आशंका



सिरहा : प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको दिन आज सिरहामा प्रेसर कुकर बम फेला परेको छ । जिल्लाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर बम फेला परेको हो ।

आज बहान पुलमा प्रेसर कुकर बम भेटिएपछि डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थल तर्फ गइरहेको प्रहरीले जनाएको छ । बम कसले र के प्रायोजनको लागि लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी सिरहाका प्रवक्ता डिएसपी सालिग्राम शर्माका अनुसार अहिले पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । विप्लव समूहले बम राखेको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्