मोरङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते



मोरङ : मोरङको लेटाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । दुर्घटनामा लेटाङ– १ का ५९ वर्षीय नैनकुमार तामाङको मृत्यु भएको छ ।

लेटाङबाट कुवापानीतर्फ जाँदै गरेको को १ ज ३२६२ नम्बरको जीप अनियन्त्रित भएर लेटाङ– १ अधेरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गम्भीर अवस्थामा विराट नर्सिङहोम विराटनगर पुर्‍याइएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरूको विराटनगरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्