मोटरसाइकल दुर्घटना, बीचमा बसेकाको मृत्यु, २ जना घाइते



सप्तरी : सप्तरीको बोदेबरसाइन नगरपालिका २ विष्णुपुरमा ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति भएको दुर्घटनामा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृत्यु हुनेमा खडक नगरपालिका ८ का १८ वर्षीय सुदीप चौधरी हुन् । उनी मोटरसाइकलको बीचमा बसेका थिए ।

विष्णुपुरबाट बोदेबरसाइनतर्फ जाँदै गरेको प्रदेश न.२–०१–००१ प ६४०३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । दुर्घटनामा चालक २७ वर्षीय सनी चौधरी र पछाडि बसेका १८ वर्षीय दिवेश चौधरी घाइते छन् ।

तिनै जनालाई उपचारको लागि युनिक अस्पताल रुपनीमा लगिएकोमा सुदीपको मृत्यु भएको प्रहरीको भनाइ छ । घाइते रहेका सनि र दिवेशको दुबैको युनिक अस्पतालमा उपचार भइरहेको छ । शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज राखिएको छ ।

प्रकाशित : १० माघ, २०७७

प्रतिक्रिया दिनुहोस्