लागूऔषध कारोबारमा सम्लग्न भारतीय महिला पक्राउ



झापा : लागूऔषध कारोबारमा सम्लग्न एक भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित सीमा क्षेत्रबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत अररिया घर भएकी ४० बर्षीया लक्ष्मी देवी शाह रहेकी छिन् । उनलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले स्पास्मो प्रोक्सिभोन ७२० ट्याब्लेट र फेनारगन ६० एम्पुलसहित पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :१० माघ, २०७७

प्रतिक्रिया दिनुहोस्