कैलाली : विप्लव समूहका ३ जना नेता कार्यकर्तालाई प्रहरीले कैलालीको टीकापुरबाट पक्राउ गरेको छ ।
पक्राउ परेका आफ्ना नेताहरुको रिहाइको माग गर्दै आज आह्वान गरिएको नेपाल बन्द गरेको क्रममा उनीहरु पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बिष्ट रहेका छन् । शान्ति सुरक्षा कायम गर्न उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले बताएका छन् ।
प्रकाशित :१० माघ, २०७७