प्रतिगमनविरुद्ध नागरिक समाजको प्रदर्शन



काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा डा.गोविन्द केसी, लेखक तथा पत्रकार नारायण वाग्ले, लेखक युग पाठक, अभिवक्ता ओमप्रकाश अर्याल लगायतको उपस्थिति थियो । प्रदर्शनकारीहरूले सर्वसत्तावादका प्रतिगमनको विरोध गर्दै संवैधानिक सर्वाेच्चता कायम गर्न माग गरेका थिए ।

सर्वसत्तावाद लाद्नका लागि संवैधानिक निकाय कब्जा गर्नका लागि गरिएका असंवैधानिक नियसक्तिको खारेज गर्न माग पनि प्रदर्शनकारीले गरेका थिए ।

नेताहरुले राजनीतिक स्थायित्वको सपना बाँडेर अहिले जनतालाई धोका दिएको उनीहरुको गुनासो छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमन मात्रै रुचाउने नेता भएको र आफ्नो स्वभावअनुसार उनले संविधानमाथि प्रहार गरेको प्रदर्शनकारीले आरोप लगाएका छन् ।

प्रकाशित ः १० माघ, २०७७

प्रतिक्रिया दिनुहोस्