आज २३२ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये ३ हजार ४ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा २ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ३८ हजार ८ सय ४२ पुगेको छ । आज थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ । हाल १ सय ४७ जना क्वारेन्टाइनमा रहेका छन् । गत २४ घण्टामा ३ सय ८६ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, देशभर हाल १ सय ७३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । १ सय ४७ जना आइसियु र २६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा २ जना संक्रमित मात्र आइसियुमा छन् । कुनै पनि संक्रमित यहाँ भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा ५५ आइसियु र १७ भेन्टिलेटरमा, गण्डकीमा ६७ आइसियु र ६ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २१ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् । सुदूरपश्चिम प्रदेशमा १ जना संक्रमित आइसियुमा मात्र रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित :१० माघ, २०७७

प्रतिक्रिया दिनुहोस्