दार्चुलामा मिनीट्रकमा आगजनी



दार्चुला : दार्चुलामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले बन्द घोषणा गरेको दिन ट्रकमा आगजनी भएको छ ।

गोकुलेश्वरबाट आइरहेको सुप्रप ००१ क १५४८ नम्बरको ट्रकमा शनिवार दिउँसो ३ बजेतिर शैल्यशिखर नगरपालिका ९ नक्तड (ठूलशैन) जंगल नजिक आगजनी भएको हो ।

आगजनीबाट बसको अगाडीको भाग र टायरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुस्कर ऐेरीले जानकारी दिए । आगलागी कस्ले र कसरी भयो भन्नेबारे अनुन्सधान भइरहेको प्रहरी जनाएको छ ।

प्रकाशित : १० माघ, २०७७

प्रतिक्रिया दिनुहोस्