३ करोड ठगी आरोपमा ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालक पक्राउ



काठमाडौं : काठमाडौंको बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ ।

पौने ३ करोड ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले आज स्कुलका सञ्चालकद्वय शिरीष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेको हो ।

ठगी मुद्दामा अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सञ्चालकले स्कुलको नाममा कोटेश्वरमा रहेको २ रोपनी १४ आना २ पैसा जग्गा कृष्ण प्रसाद देवकोटालाई बिक्री गर्ने भन्दै २०७६ को बैशाखमा २ करोड ७५ रुपैयाँ बैना लिएको र पछि अर्कैलाई बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ ।

जग्गा अन्तै बिक्री गरेपछि देवकोटाले बैना गरेको रकम फिर्ता माग्दा नदिएपछि गत वर्ष नै प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीमा जाहेरी परेपछि लामो समयदेखि फरार रहेका उनलाई शनिबार काठमाडौंबाट पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी प्रमेश बिष्टले बताए । स्कुलका अन्य सञ्चालकहरु फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :१० माघ, २०७७

प्रतिक्रिया दिनुहोस्