सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते



सिन्धुली : बनेपा-सिन्धुली-बर्दिबास (बीपी) राजमार्ग अन्तरगत सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु घएको छ ।

दुर्घटनामा अर्को एकजना घाइते भएका छन् । बीपी राजमार्ग अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ सोलाभन्ञ्याङमा आज दिउँसो ज १ च १३५४ नम्बरको बोलेरो दुर्घटना भएको हो ।

दुर्घटनामा बोलोरोमा सवार रामगोपालपुर नगरपालिका ५ कन्चनपुर महोत्तरीका वर्ष ४१ का वसन्त मुखियाको मृत्यु भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मुखियालाई उपचारका लागि सिन्धुली अस्पताल तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार अर्को घाइतेलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रिफर गरिएको छ । सिन्धुलीबाट खुर्कोटतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बोलेरो सडकबाट २० मिटर तल खसेको थियो ।

प्रकाशित :१० माघ, २०७७

प्रतिक्रिया दिनुहोस्