बञ्चरो प्रहार गरी श्रीमतीको हत्या



सिन्धुली : हरिहरपुरगढी गाउँपालिका वडा नं.१ चिसापानीमा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

शुक्रबार राती ४० वर्षीय शेर बहादुर बुजुले श्रीमती ३६ वर्षीय राममाया घलानलाई बञ्चरोले टाउकोमा हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

बञ्चरो प्रहारबाट घाइते भएकी घलानको उपचारका क्रममा शनिबार विहान १० बजे हेटौँडा अस्पतालमा मृत्यु भएको हो । घटनाको कारण खुल्न सकेको छैन ।

श्रीमान श्रीमतीको झगडा भइरहने गरेको स्थानीयले बताएको डिएसपीले बताएका छन् । तर खास के कारणले हत्या गरियो भन्ने बारेमा भने केहि खुलेको छैन । श्रीमतीलाई बञ्चरो प्रहार गरेपछि बुजु फरार रहेका छन् ।

प्रकाशित :१० माघ, २०७७

प्रतिक्रिया दिनुहोस्