सामुदायिक वनमा मृत चितुवा फेला



दाङ : दाङको अजम्मरी सामुदायिक वनमा मृतावस्थामा चितुवा फेला परेको छ ।

चितुवा केही दिनअघि नै मरेको हुन सक्ने डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत पुरण चौधरीले बताए । उनका अनुसार दाउरा लिन गएका स्थानीयवासीले देखेपछि वन कार्यालयलाई खबर गरेका थिए ।

चितुवाको घाँटीमा पासो लागेको जस्तो निशान फेला परेको छ । जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुन सक्ने जनाइएको छ । चितुवालाई परीक्षण गरी व्यवस्थापन गरिने चौधरीले जानकारी दिए ।

प्रकाशित :१० माघ, २०७७

प्रतिक्रिया दिनुहोस्