प्रत्येक नेपालीको भागमा ४६ हजार ७ सय ऋण



काठमाडौं : संघीय सरकारको कुल ऋण १४ खर्ब पुगेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको मंसिर महिनाको आर्थिक बुलेटिन अनुसार मंसिर मसान्तसम्ममा सरकारको आन्तरिक र बाह्य गरी कुल १४ खर्ब ९६ करोड ५६ लाख ऋण पुगेको छ ।

३ करोड नेपालीलाई भाग लाउँदा हरेक नेपालीको टाउकोमा ४६ हजार ७ सय ऋण पुगेको छ । यद्यपि यो ऋण नेपाली जनताले प्रत्यक्ष तिर्नुपर्दैन । यस अवधिमा सरकारको आन्तरिक ६ खर्ब ७० अर्ब १४ करोड तथा बाह्य ऋण ८ खर्ब २० अर्ब ८२ करोड रहेको छ ।

आन्तरिक तर्फ १२ अर्ब २३ करोड ब्याज भुक्तानी भएको छ भने बाह्य ऋणतर्फ साँवा २९ अर्ब ५६ करोड तथा ब्याज २ अर्ब ६२ करोड गरी ३२ अर्ब ५६ करोड रकम भुक्तानी भइसकेको अर्थमन्त्रालयले जनाएको छ ।

यसै अवधिमा कुल २७ अर्ब २४ करोड बराबरको वैदेशिक सहायता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ६ अर्ब ३२ करोड ३५ लाख वैदेशिक अनुदान भित्रिएको छ ।

यसै वर्षको मंसिर मसान्तसम्ममा २० अर्ब ९१ करोड ८६ लाख वैदेशिक ऋण भित्रिएको मन्त्रालयले जनाएको छ । 

प्रकाशित : १० माघ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा आज (शनिबार) विद्युत आपूर्ति बन्द हुने भएको छ ।

काठमाडौँ : सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा पुलचोक

काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपाली कांग्रेस अनौपचारिक रूपमा विभाजित नेकपाको ‘मझधार’ मा

काठमाडौं । सरकारले फागुन २३ गते आइतबार संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।अनेरास्ववियूले आरआर

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्न आदेश दिएपछि नेकपा आली पक्षमा सांसदहरु धमाधम छलफलमा

काठमाडौं : राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालको प्रतिनिधिमण्डलले सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीलाई एक बनाइराख्न उपाध्यक्ष वामदेव गौतम सक्रिय भएका छन् । उनी

काठमाडौँ : संसद पुनर्स्थापनापछिको पहिलो मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा

काठमाडौँ : संसद् पुनर्स्थापनासँगै नयाँ सरकार गठनको कुरा चलिरहेका बेला चीन र भारतका राजदूतले नेपाली

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफैले भन्दै भंग गरेको संसदमा प्रधानमन्त्री केपी ओली

काठमाडौं । नेपाली कांग्रेसले नेकपा विभाजन नभएको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास