‘एमबीबीएसको शुल्क बढाउने निर्णय कुनै हालतमा स्वीकार्य छैन’



काठमाडौं : चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले एमबिबीएस लगायतका कार्यक्रमको शुल्क बढाउन सिफारिस गरेकोप्रति गम्भीर आपत्ति जनाएका छन्।

आइतबार विज्ञप्ति जारी गर्दै केसीले कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय भएको र त्यो कुनै पनि हालतमा स्वीकार्य नभएको बताएका छन्।

‘चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैरनाफामुलक हुनुपर्नेछ, त्यसैले यसै पनि शुल्क कम गर्दै लगिनु पर्ने हो,’ उनले भनेका छन्।

उनले तत्काल शुल्क बढाउने सिफारिस खारेज गरेर गत वर्षसरह वा सोभन्दा कम कायम गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। यस्तै, आफूसँग सम्झौता भएबमोजिम चिकित्सा शिक्षा ऐनमा संशोधनको काम अघि बढाउन पनि केसीले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्