अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन



मलंगवा । सर्लाहीको धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् ।
अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
‘केही दिनयता अन्नपूर्णका मिलका सञ्चालक हाम्रो सम्पर्कमा हुनुहुन्न’, प्रजिअ पौडेलले भने, ‘उखु उत्पादक किसानको बक्यौता दिनका लागि हामीले रोक्का गरेको खातामा रकम भए पनि अग्रवाल सम्पर्कमा नरहेका कारण भुक्तानी हुनसकेको छैन ।’
उद्योगले दिएको जानकारी अनुसार उखु उत्पादक किसानको करिव रु १७ करोड पुरानो बक्यौता मिलले तिर्न बाँकी रहेको थियो । ‘उद्योगले किसानको भुक्तानी दिन करीब रु १७ करोड बाँकी रहेको बताएको थियो’, प्रजिअ पौडेलले भने ।
यसैबीचमा रु ११ करोड १६ लाख उद्योगले किसानलाई भुक्तानीसमेत गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । उद्योगपतिको बैंक खाता रोक्का गरी उद्योगपतिलाई उखु उत्पादक किसानकै खातामा रकम हाली दिन प्रशासन र प्रहरीले संयुक्त रुपमा पहल गरेको थियो। अहिले पनि उद्योगपति अग्रवालको बैँक खातामा रु एक करोड ७३ लाख रहेको छ । उद्योपति सम्पर्कविहीन हुँदा किसानले पैसा पाएनौं भन्दै गुनासो गरिरहेको प्रमुख राठौरले बताए ।
उद्योगपति सम्पर्कमा नआउने अनि किसान दिनहुँजसो भुक्तानी पाएनौं भन्दै प्रशासन कार्यालय घेराउ गर्न आउने गतिविधिले आफू निकै अफ्ठ्यारोमा परेको प्रजिअ पौडेलको भनाइ छ । ‘किसानको उखुको बाँकी बक्र्यौता भुक्तानीका लागि मैले सकेसम्म प्रयास गरिरहेको छु’, उनले भने, ‘किसानको बाँकी बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएका उद्योगपति नै सम्पर्कबिहीन भएपछि निकै समस्यामा परेको छु ।’
अन्नपूर्णसहित मुलुकभरका चिनी उद्योगले किसानको बक्यौता भुक्तानी नगरेपछि सरकारले उद्योगपतिको बैंक खाता रोक्का गर्ने, चिनी बिक्रीमा नियन्त्रण गर्नेलगायत उपाय अपनाएको थियो। उद्योगपतिहरुले भने किसानको भुक्तानी दिन आलटाल गर्दै आएका छन् । जिल्लाकै गोडैता नगरपालिका अन्तर्गत बगदहमा रहेको महालक्ष्मी सुगर मिलले भने किसानको गत वर्षको सम्पूर्ण बक्यौता रकम भुक्तानी गरिसकेको जनाएको छ ।
प्रजिअ पौडेलले महालक्ष्मी सुगर मिलले किसानको गत विगत वर्षको सम्पूर्ण बक्यौता रकम भुक्तानी गरिसकेको जानकारी दिए । भने यता उद्योगीलाई उखु पाउन मुस्किल भएपछि सर्लाहीको हरिवन ११ मा रहेको ईन्दुशंकर चिनी मिलले यसवर्षको उखुको सम्पूर्ण रकम भुक्तानी गरिसकेको जनाएको छ ।
गत वर्षमा जिल्लाको अन्नपूर्णलगायत मिलमा उखु बिक्री गरेकै भुक्तानी नपाएको जनाउँदै आन्दोलन चलिरहेको भए पनि ईन्दुशंकर चिनी मिलले भने चालू सिजनकै भुक्तानी दिएपछि उखु उत्पादक किसान दंग भएका छन् । किसानलाई भुक्तानीमा खासै झन्झट नदिएको ईन्दुशंकरले गत वर्षको मूल्यलाई नै आधार मानेर यस वर्ष उखु खरिद गरेको थियो ।
गत पुस ६ गतेबाट सञ्चालनमा आएको मिलले यही माघ २ गतेसम्म आउदा करिब सात लाख २६ हजार २०० क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगका उखु प्रबन्धक योग नारायण रजकले जानकारी दिए । पुस २९ गतेसम्मको उखु खरीदबापतको रकम करीब रु ३२ करोड भुक्तानी गरिसकेको उनले जानकारी दिए ।
उद्योगले किसानलाई तीन पटकमा गरी रु ३२ करोड भुत्तानी दिएको हो। दुई पटक १२÷१२ करोड र एक पटक रु ८ करोड गरी तीन पटकमा जम्मा रु ३२ करोड भुक्तानी गरिसकेको प्रबन्धक रजकले बताए । यस वर्ष सरकारले उखुको मूल्य कायम नगरे पनि गत सालको मूल्यलाई आधार मानेर भुक्तानी दिएको उद्योगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । नेकपाको आन्तरिक राजनीतिमा पूर्व माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि

काठमाडौँ । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश अनुसार दल एकीकरणका लागि आउन आह्वान गर्दै नेकपा

काठमाडौं । नेकपा (एमाले)की नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुभारम्भ गरेका छन् । नेपाल उद्योग

काठमाडौं : वरिष्ठ नेता माधव नेपालको समूह साबिकको एमालेमा सक्रिय हुने भएको छ । सर्वोच्च अदालतले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा जनमतसंग्रह हुनुपर्ने बताएका

काठमाडौं । २४ फागुन । नेकपा दाहाल–नेपाल समूहले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र

काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले सर्वोच्च अदालतको फैसला पछिको परिप्रेक्ष्यमा

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि गुट परिवर्तन गरेका सांसदहरु

काठमाडौं । नेकपा पार्टी विभाजन पछि प्रचण्ड समूहमा लागेर पार्टी अध्यक्ष बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई भैसेपाटी पुगेर विष्णु पौडेलले भेट गरेका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई जबाब