विश्व कफी बजारलार्इ चकित पार्दै नेपालमा अायाे ‘यार्चा कफी’



काठमाडाैं । संविधान दिवसकाे अवसर पारेर नेपालमा विश्व बजारमै नभएका विशेषतासहित कफी हाउस सञ्चालनमा अाएकाे छ । 'यार्चा जाभा' नाम दिएकाे कफी हाउस काठमाडाैंकाे मुटुस्थित सुनधाराकाे काठमाडाैं मलमा सञ्चालनमा अाएकाे हाे ।

यस कफी हाउसमा अरुभन्दा फरक विशेषता भएकाले यहाँ एकचाेटी टेस्ट लिन जानैपर्ने बाध्यता ग्राहकलार्इ अाएकाे छ । नेपाली बजारमा कफीकाे अाकर्षण त छँदै छ कफी विथ यार्चागुम्बाका फरक विशेषता भएकाले एकचाेटी सबैले अाउनैपर्ने सञ्चालक सदस्य सत्य थापा बताउँछन् ।

यार्चा जाभा प्रा.लि.ले सञ्चालनमा ल्याएकाे कफी हाउसमा अब के छ त फरक भन्ने सबैलार्इ लाग्नु स्वाभाविक हाे । यहाँ विश्वमै पहिलाे पटक यार्चा गुम्बाकाे फ्लेबरमा कफी खान पाइने भएकाे छ ।

यसले गर्दा विदेशी पर्यटक समेत अाकर्षित हुने थापाकाे विश्वास छ । यस्तै यहाँकाे दाेस्राे विशेषताले नेपाली कफी बजारमा तहल्का मच्चाउने देखिन्छ । नेपालमै पहिलाे पटक कफीमा आफूलाई मनपर्ने तस्विर पनि प्रिन्ट गर्न सकिनेछ । यार्चा जाभा क्याफे प्रा.लि.ले पहिलो पटक कफीमा फोटो प्रिन्टिङ मेसिन नेपालमा भित्र्याएको हो ।

यार्चा जाभा प्रा.लि बझाङका सत्य थापा र काठमाडाैंका विशाल चाैलागार्इँले सञ्चालनमा ल्याएका हुन् । संविधान दिवसकाे अवषर पारेर नेपालकी कान्छी निर्मात्री कृषा चाैंलागार्इँले एक कार्यक्रमकाबीच उद्घाटन गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्