खेलाडी संघको अवार्ड मिति सार्वजनिक



काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआइपीए स्पोर्टस् अवार्ड फागुन ८ गते हुने भएको छ ।

एनएनआईपिएले मंगलबार पत्रकार सम्मेलन गरेर मध्यपुर ठिमी नगरपालिकामा अवार्ड कार्यक्रम आयोजना गर्ने जनाएको हो । एनएनआईपिएका अध्यक्ष दिपक श्रेष्ठले अवार्डका लागि मध्यपुर ठिमी नगरपालिकामा हुन लागेको बताए ।

संघले यसपटक अवार्डमा राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको छ । यस विधालाई स्काई ब्रान्डले प्रायोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी दियो । जनही ५० हजार रुपैयाँ पुरस्कार राशीको विधाबाट एक महिला र पुरुष खेलाडी सम्मानित हुने बताइएको छ ।

गत वर्ष खेलाडीले गरेको प्रर्दशनका आधारमा सम्बन्धित संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ । यसअघि संघले भक्तपुर, टोखा, पाटन, बसन्तपुरमा स्थानीय निकायको सहयोगमा अवार्डको आयोजना गरिसकेको छ । सम्मानित खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्दै आएका छन भने सर्बेत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही १ लाख रुपैयाँ सहित संघले सम्मान गर्दै आएको छ ।

अवार्डमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश भएका खेलाडीलाई समावेश गरिएको आयोजक खेलाडी संघले जनाएको छ । संघको सिफारिस उत्कृष्ट घोषित हुने खेलाडी बाहेक अन्य विधाको विजेताका छनोट दीपक विष्ट संयोजकत्वको छनोट समितिले चयन गर्ने आयोजक संस्थाले जनाएको छ ।

एनएनआईपिएले अवार्ड कार्यक्रममा एक जना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक जना खेल पत्रकार वा फोटो पत्रकारलाई एनएनआइपीए खेल पत्रकारिताबाट पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रकाशित :१३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट असफल भएको दाबी गरेका छन् ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले उपत्यका बाहिरका सांसदहरुदलाई तत्कालै काठमाडौं आउन तथा

काठमाडौँ । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड–माधवहरु

काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुहुन्छ जस्तो

काठमाडौं । संसद पुनःस्थापित भएपछि पदबाट राजीनामाको दबाब परिहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा

काठमाडौं : मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने स्पष्ट गर्दै नेपालले द्वन्द्वकालका मानवाधिकार

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सर्वाेच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशतावाद

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि निर्वाचन कार्यक्रम स्थगित

काठमाडौं : प्रतिनिधि सभा पुनस्र्थापनाको ऐतिहासिक फैसला गरेका संवैधानिक इजलासका पाँच न्यायाधीश सर्वाेच्च अदालत आएका

काठमाडौँ : विवेकशील साझा पार्टीले राष्ट्रप्रति विद्यादेवी भण्डारी र केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने

काठमाडौं : विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आजै संसदीय दलको बैठक बोलाएको छ । अपरान्ह