बुटवलमा ओली पक्षका युवा संघको प्रदर्शन



बुटवल : ताजा जनादेशका लागि घोषित मध्यावधि निर्वाचनको समर्थनमा ओली पक्षको राष्ट्रिय युवा संघले बुटवलमा प्रदर्शन गरेको छ ।

बुटवलस्थित राजमार्ग चौराहाबाट प्रदर्शन गर्दै युवा संघले सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्राङ्गणमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीलाई काम गर्न दिन र नयाँ जनादेशका लागि चुनावमा जानुपर्ने जस्ता नारा लगाएका छन् ।

भेलामा नेकपा (ओली समूह) का लुम्बिनी इन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेताहरू महेश बस्नेत, लीला गिरी, रमेश पौडेल लगायतले सम्बोधन गरेका छन् ।

प्रकाशित :१३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्