४ पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुंगानाविरुद्ध पनि अवहेलना मुद्दा



काठमाडौं : प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै विज्ञप्ति जारी गरेका सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ ।

राजाराम घिमिरेले चारै जना पूर्वप्रधानन्यायाधीशहरू र पूर्वसभामुख ढुंगानालाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । मंगलबार नै प्रधानमन्त्री केपी ओलीविरुद्व दुई पनि अदालतको अवहेलनामा दुई थान निवेदन दर्ता भएका छन् ।

पूर्वप्रधानन्याधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सशीला कार्कीले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको टिप्पणी गरेका थिए। पूर्वसभामुख ढुङगानाले सडकबाट न्यायाधीश तान्ने दिन नआओस् भनी अभिव्यक्ति दिएका थिए ।

उनीहरूले विचाराधीन मुद्दामा टिप्पणी गर्दै अदालतको अवहेलना गरेको दाबी निवेदनमा गरिएको छ । उनीहरुले आफै उपस्थित भएर जवाफ दिन भनिएको छ । उनीहरूको अभिव्यक्तिले विचाराधीन प्रतिनिधि सभा विघटनका मुद्दामा हस्तक्षेप गरेको जिकिर निवेदनमा गरिएको छ ।

प्रकाशित : १३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्