६९ औं विश्व भन्सार दिवसः सुधारात्मक रणनीति सार्वजनिक



काठमाडौं : ६९ औं विश्व भन्सार दिवस भव्यतका साथ मनाइएको छ । भन्सार विभाग, निजी क्षेत्र र व्यवसायीहरुको सक्रियतामा मंगलबार राजधानीका विभन्न स्थानहरुमा विविध कार्यक्रम गरी दिवस मनाइएको हो । भन्सार विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा हालसम्म भन्सार सुधार एवंम् व्यवस्थापनमा भए गरेका उपलब्धी प्रस्तुत गर्दै आगामी दिनका लागि सुधारात्मक रणनीतिहरु समेत सार्वजनिक गरेको छ ।

भन्सार सुधार तथा आधुनिकीकरण योजनाको ५ औं रणनीति पुरा गरिसकेको विभागले आर्थिक वर्ष ९२०७८-२०८३० का लागि छैटौं रणनीतिक योजना तर्जुमा समेत गरेको छ । आर्थिक वर्ष २०७८-७९ बाट शुरु ५ वर्षे योजनाका लागि विभागले आफ्नो १५ रणनीति सार्वजनिक गरेको छ ।

हालसम्म जति भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणमा सफलता मिलेको छ त्यसलाई अझ थप परिस्कृत, व्यवस्थित र मर्यादित बनाउन वैध व्यापारलाई सहजीकरण गर्नेदेखि भन्सार सेवामा डिजिटल सेवाको विस्तार गर्ने सम्मका रणनीति विभागले सार्वजनिक गरेको छ ।

छैटौं रणनीतिक योजनाले भन्सारमा वैध व्यापारलाई सहजीकरण गर्ने, भन्सार र सरोकारवालाहरुबीच समन्वय, सञ्चार र सयोग प्रवर्द्धन गर्ने, समन्वयात्मक सीमा व्यवस्थापन ९सीबीएम०को अवधारणा अबलम्बन गर्ने, भन्सार जोखिम व्यवस्थापन सुदृढ गर्ने, अनुपालनको व्यवस्थापन एवं स्वेच्छिक अनुपालन प्रवर्द्धन गर्ने, न्यायोचित र यथार्थपरक राजस्व सङ्कलन गर्ने, जाँचपासपछिको परीक्षणलाई प्रभावकारी बनाउने, भन्सार प्रक्रियाहरुमा स्वचालन प्रणालीको विस्तार गरिने, नेपाल राष्ट्रिय एकद्वार प्रणालीको विकास र विस्तार गरिने योजना रहेको छ । जुन राष्ट्रिय एकद्वार प्रणाली भन्सार सुधार तथा आधुनिकीकरण योजना ५औं रणनीतिक योजनामा नै विभागले कार्यान्वयनमा ल्याइसकेको छ ।

शुरुवाती चरणमा केही मन्त्रालयहरुबाट शुरु गरिएको यो सेवा विस्तारै सरकारी तथा निजी सबै क्षेत्रमा विस्तार एवं विकास गरिने विभागले जनाएको छ ।

त्यस्तै, स्वचालित रुपमा भन्सारको वैदेशीक व्यापार तथ्याङ्कको व्यवस्थापन गर्ने, भन्सारका पूर्वाधार एवम् भौतिक सुविधाहरुको विकास गर्ने, सदाचार र भन्सार सुशासन प्रवर्द्धन गर्ने, भन्सारको नतिजामूलक योजनासहित व्यवस्थापकीय क्षमता सुदृढ गर्ने, समाजको सुरक्षा र संरक्षणलाई टेवा पु¥याउन भन्सारका नीति तथा प्रक्रियाहरुको एकीकृत एवम समन्वयात्मक ढंगले कार्यान्वयन गर्ने र सामग्र राष्ट्रिय सुरक्षा, जनस्वास्थ्य, अर्थतन्त्र, बौद्धिक सम्पतीको संरक्षण पर्यावरण र समाजको संरक्षणका क्षेत्रमा भन्सारले सहकार्य तथा सहजीकरण गर्ने योजनासमेत छैटौं भन्सार सुधार तथा आधुनिकीकरण योजनाले बनाएको छ ।

यस रणनीतिक योजनाको कार्यान्वयनपछि भन्सार महसुलको विद्युतीय भुक्तानी, कागजातरहित भन्सारको सुरुवात सहित भन्सार जाँचपासमा लाग्ने समय कम हुने, भन्सारमा पेश गर्नुपर्ने कागजातको संख्या कम हुने र सम्पूर्ण कागजात विद्युतीय स्वरुपमा पेश गर्न सक्ने सुविधा प्राप्त हुने भई सेवाग्राहीहरु भन्सार प्रशासनको सेवा प्रवाहबाट सन्तुष्ट हुने विभागले विश्वास लिएको छ । सोबाट लक्ष्य अनुरुप राजस्वमा संकलनमा समेत सहयोग मिल्ने विभागको भनाइ छ ।

महालेखा नियन्त्रणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७७-७८ का लागि कुल १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको सरकारले आर्थिक वर्षको मध्यसम्ममा करिब ४३ प्रतिशत अर्थात् ४ खर्ब ३८ अर्ब रुपैयाँ मात्र राजस्व संकलन गर्न सफल भएको छ ।

प्रकाशित :१३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले सर्वोच्च अदालतको फैसला पछिको परिप्रेक्ष्यमा

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि गुट परिवर्तन गरेका सांसदहरु

काठमाडौं । नेकपा पार्टी विभाजन पछि प्रचण्ड समूहमा लागेर पार्टी अध्यक्ष बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई भैसेपाटी पुगेर विष्णु पौडेलले भेट गरेका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई जबाब

काठमाडौं । नेकपा नाम खारेज गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्ट प्रचण्ड–नेपाल पक्ष पुनरावलोकनमा जाने भएको

म्यान्मा : म्यान्मारमा सैनिक शासनविरुद्ध जारी आन्दोलनमा सहभागी एक नेपालीभाषी बर्मेलीको मृत्यु भएको प्रदर्शनकारीहरूले बताएका

काठमाडौँ : राष्ट्रिय जनमोर्चाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नै मिलेर सरकार गठन गर्नु

काठमाडौँ : सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित गृहकार्य

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटाप्रति

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिक नामका सन्दर्भमा आइतबार

काठमाडौँ । सर्वोच्च अदातलको आइतबारको फैसलापछि नेकपा दाहाल–नेपाल समूह कानुनविद्हरुसँग छलफलमा जुटेका छन् । अदालतको