आज ३०३ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार २५२ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा ४ हजार ५७४ जनाको पिसिआर परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ५२ हजार ६८७ पुगेको छ ।

आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार १७ पुगेको र हाल १ सय २२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित :१३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्