चाडबाडका बिदा कटाैती गरेकाेमा पण्डितहरकाे अापत्ति



काठमाडाैं : दशैँ, तिहार, जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमी जस्ता सनातनदेखि चलिआएका मौलिक धर्म संस्कृति र चाडबाडका बिदा काटिएकोमा पण्डितहरुले आपत्ति जनाएका छन् । नेपालका मौलिक धर्म, संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले काठमाडाैंमा भएको सम्मेलनमा हिन्दू, बौद्ध, जैन, सिख समुदायका पण्डित, पुरोहित, लामा, ज्योतिषी गरी ५०० भन्दा बढीको सहभागिता छ । सम्मेलनमा भाग लिन भारतबाट ३० जना पण्डितको समूह आएको छ । 

 

नेपालका मौलिक धर्म, संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । काजक्रिया घटाउने, आशौच र व्रत खण्डीत गर्नेलगायत गतिविधिले मौलिक धर्म संस्कृतिमाथि आघात पुग्न थालेकाले संरक्षणमा राज्यको ध्यान जानुपर्नेमा सहभागीले जोड दिएका छन् । 

 

बृहत् नेपाली शब्दकोशले ‘शास्त्रको तात्पर्य राम्ररी बुझेका विद्वान् व्यक्ति’, शास्त्रवेत्ता, ‘सत् र असत् छुट्याउने बुद्धि भएको व्यक्ति’ लाई पण्डित भनी अर्थ गरेको छ । सम्मेलनले यसअघि नै जारी गरेको पण्डितको आचारसंहिता पालनाका लागि सरकारीस्तरबाट नीतिगत व्यवस्था गर्न पनि सहभागीले माग गरेका छन् । 

 

काठमाडाैंमा भएको पण्डितहरुको याे सम्मेलनले १५ बुँदे प्रस्ताव पारित गरेको छ । गम्भीर छलफल गरी भेलाले प्रस्ताव पारित गरेको हो ।


पारित प्रस्तावहरु यस्ता छन् 

१, पण्डित प्रतिभाशाली, विद्वान, आचारनिष्ठ, धार्मिक एवम् सच्चरित्रवान् धार्मिक निर्देशक हुने भएकोले ऊँ स्वयंले आफ्नो मर्यादा र इज्जत कायम गर्नुपर्छ । यो सम्मेलन पण्डितहरुको मर्यादा र इज्जत कायम गर्ने प्रण गर्दछ ।

२, पण्डितद्वारा गराइने धार्मिक कृत्य, संस्कार, यज्ञ यागादिको विषयलाई अपमानित, अपहेलित र हेय देखाउने उद्देश्यले प्रदर्शित नाटक, टेलिफिल्म, चलचित्र आदि कार्यक्रमलाई यो सम्मेलन घोर भर्त्सना गर्दछ आगामी दिनमा यस्ता कार्यक्रम प्रदर्शन प्रशारण नगर्न सम्बन्धित पक्षलाई निर्देशन गर्दछ ।

३, सनातन वैदिक, वौद्ध, शिख, जैन, किराँत लगायत ॐकार परिवारका ९३५ जनता सनातनी भएको देश नेपाललाई संविधानतस् सनातन हिन्दु राष्ट्र घोषणा गर्न  पण्डित समाजले विगतदेखि नै माग गर्दै आएकोमा यो सम्मेलन पुनस् जोडदार रूपमा  माग गर्दछ । साथै ॐकार परिवारले महापाप मानेको गोवध, गोनिष्कासन र गोअपमान का घटना यदाकदा भैरहेकोले त्यस्ता जघन्य अपराध पूर्णतया रोक्न यो सम्मेलन नेपाल सरकारलाई जोडदार माग गर्दछ ।

४, हाल सरकारले नेपालमा परम्परादेखि मानिदै आएका महत्त्वपूर्ण पर्वहरुको सार्वजनिक बिदा कटौती गरेकोमा यो सम्मेलनको गम्भीर आपत्ति र असहमति रहेको छ । जनैपूर्णिमा, जन्माष्टमी, रामनवमी, चैतेदशैं, ऋषिपञ्चमी, घटस्थापना आदि महत्त्वपूर्ण पर्वको कटौती गरिएको बिदा पूर्ववत प्रतिस्थापन गरि बिदा दिन नेपाल सरकारसँग जोडदार माग गर्दछौं । यस्तै गरि दशैंमा फूलपातीदेखी कोजाग्रत पूर्णिमासम्म, तिहारमा यमपञ्चकका पाँचै दिन र भाइटिकाको भोलिपल्ट र तिजमा महिलाहरुका लागि दरखाने दिनको बिदा थप्न माग गर्दछौं ।

५, श्रीमद्भागवत सप्ताह, अन्य पुराण एवम् महायज्ञहरु, चतुर्मास पुराण, धान्याचल दान यज्ञ र अन्य विभिन्न धार्मिक कृत्यका नाममा केवल अर्थोपार्जन र चन्दा संकलन गर्ने कार्य पूर्णतया बन्द गर्ने घोषणा गर्दछ । सप्ताह, महायज्ञ आदि प्रत्येक धार्मिक कृत्य गर्दा ज्योतिष तथा धर्मशास्त्र निर्दिष्ट मुहूर्त , गुरु शुक्रको उदय अवस्था आदि अवलम्बन गरेर मात्रै धार्मिक कृत्य गर्न गराउन सम्बन्धित सबैलाई निर्देशन गर्दछ ।

६, पञ्चाङ्ग निर्णायक समितिबाट  स्वीकृत भएका पात्रोहरुले उल्लेख गरेभन्दा बाहेक पनि जथाभावी बिना लग्न बिबाह व्रतबन्ध आदि कार्य भएकोमा लग्न नभएका यस्ता कार्य नगर्न नगराउन यो सम्मेलन आह्वान र निर्देशन गर्दछ ।

७ सपिण्डहरु ९सात पिंढी० को आशौच दस रात्रसम्म रहन्छ भन्ने विषयमा सम्पूर्ण शास्त्रको एकमत रहेको छ । यसलाई ‘त्रिदिनं शाबमाशौचम्’ भन्ने वाक्य उल्लेख गरि दशगात्र विधिलाई अशास्त्रीय रूपमा अपब्याख्या गरि पाँच दिनमा क्रियाकाष्टादि सम्पन्न गर्न अशास्त्रीय विधिको सिर्जना गरि समाजलाई दिग्भ्रमित पार्ने र शास्त्रीय परम्परा मास्ने  षडयन्त्रको यो सम्मेलन घोर भत्सर्ना गर्दछ । आइन्दा यस्तो पाप कर्म नगर्न नगराउन सबैलाई निर्देशन गर्दछ ।

८, परम्परा एवम् शास्त्र निर्देशित निरयण पद्धति मासेर पाश्चात्य परम्पराका आधारमा चलेको सायन पद्धति भित्र्याउन खोज्ने,  एघार महिनाको एक वर्ष मानी अशास्त्रीय, अमर्यादित र परम्परा विरुद्धको कार्य गरी समाजलाई दिग्भ्रमित गराउन खोज्ने तथाकथित पर्व सुधारको षड्यन्त्रलाई यो पण्डित सम्मेलन घोर भत्सर्ना र अस्वीकार गर्दछ । यस्ता अशास्त्रीय होहल्लाको पछि नलाग्न समस्त पण्डित समाज र सर्वसाधारणलाई सुसूचित गरिन्छ ।

९, कर्मकाण्ड, ज्योतिष आदि क्षेत्रमा देखापरेका विकृती र विसंगतिहरुलाई निराकरण गर्नका लागि देशका विभिन्न स्थानमा सम्बन्धित विषयमा तालिम, गोष्ठी र प्रशिक्षणको कार्यक्रम संचालन गर्ने र क्षेत्रीय एवम् जिल्लास्तरको पण्डित सम्मेलन आयोजना गर्ने प्रण गर्दछ ।

१०, धार्मिक , साँस्कृतिक एवम् पुरातात्त्विक महत्त्वका मठमन्दिर, गुम्बा चैत्य , पाटी पौवा आदि भौतिक सम्पदाको संरक्षण, पुनर्निर्माण र जिर्णोद्धारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आआफ्नो बसोबास क्षेत्रमा रहेका त्यस्ता सम्पदाहरुको महत्त्व उजागर गर्न पण्डित समाज अग्रसर हुने घोषणा गर्दछौं ।

११, वैदिक सनातन धर्मका मूल्य र मान्यताहरुमाथी दिन प्रतिदिन बढ्दै गएको अतिक्रमणको प्रतिकार गर्दै अतिक्रमणले निम्त्याएको विकृती निवारणका लागि समस्त पण्डित वर्ग एकजुट भएर लागिपर्ने प्रण गर्दछौं ।

१२, हाम्रो प्राचीन सामाजिक मान्यता र वंश परम्परा पद्धतिलाई मासेर नेपाली समाजलाई विकृत बनाउने उद्देश्यले अभिप्रेरित र विदेशीबाट अनुप्राणित भइ अनुचित स्त्रीपुरुष संपर्कबाट गर्भधारण गर्ने, भ्रूणहत्या गर्ने, र यौन अपराधलाई बढाउने कार्य भैरहेकोले यस्ता कार्यलाई कानुनतस् पूर्णरूपमा प्रतिबन्ध लगाउन यो सम्मेलन सरकार समक्ष माग गर्दछ । नारी अस्मिताको रक्षा सनातन सभ्यता र उदात्त संस्कृतिको परिपालनबाट मात्र सम्भव भएकोले सबै शैक्षिक संस्थामा संस्कृत–नैतिक शिक्षाको पठनपाठन अनिवार्य गराउन सरकारसमक्ष दबाब दिने घोषणा गर्दछ ।

१३, समस्त सनातन संस्कृतिको आधार र ज्ञान बिज्ञानको मूल श्रोत संस्कृत भाषा भएकोले नेपालको माध्यमिक तहसम्मको शिक्षामा १०० पूर्णाङ्कको एक पत्र सरल संस्कृत अनिवार्य रूपमा राख्न परमावश्यक देखिन्छ । यसका लागि यो सम्मेलन सरकारसंग जोडदार माग गर्दछ ।

१४, जुठो तथा सुतक पर्दा जन्मेको बालकको न्वारन नभैकन र मृतकको काजकिरिया नभैकन सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा नकारात्मक असर पर्ने भएकोले त्यसो नगर्न नगराउन सुसूचित गर्ने । मुहूर्त साइत वा कुनै पनि धार्मिक निर्णय या घटनाको बारेमा आधिकारिक संस्थाको निर्णय बेगर सामाजिक सञ्जालमा सम्प्रेषण भएका सूचनालाई आधिकारिक नमान्न आम सर्वसाधारणमा सुसूचित गर्ने संकल्प गर्दछ ।

१५, नेपालका प्रचलित संविधान ऐन कानून नियमावली बिनियम अप्रत्यक्ष रूपमा अहिलेसम्म पनि प्राचीन धर्मशास्त्रसित आवद्ध भएको सन्दर्भमा उच्च शिक्षाको कानून संकायको पाठ्यक्रममा कानून संवद्ध धर्मशास्त्रीय विषयहरु समावेश गर्न यो सम्मेलन संवन्धित निकायलाई प्रस्ताव गर्दछ ।

प्रतिक्रिया दिनुहोस्