महिला लिगमा एपीएफले आर्मीलाई हरायो



काठमाडौं : राष्ट्रिय महिला लिगमा एपीएफले लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले हराएर एपीएफले तेस्रो जित निकालेको हो ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफकी अन्जलीकुमारी योञ्जन र सरु लिम्बुले एकरएक गोल गरिन् । एपीएफले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

जितसँगै एपीएफ ३ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ । आर्मी ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ । आजै भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगपालिकाले बराबरी खेलेका छन् ।

प्रकाशित :१३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्