२ वर्षीया छोरीको हत्या, बाबु पक्राउ



बुटवल : अर्घाखाँचीमा एक बाबुले छोरीको हत्या गरेका छन् । जिल्लाको शीतगंगा नगरपालिका वडा नं.२ सीतापुरको झिर्राका स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै २ वर्षीय छोरी सृष्टि घिमिरेको हत्या गरेको प्रहरीले जनाएको छ ।

विगत केही महिनादेखि श्रीमानसँगको घरायसी विवादका कारण श्रीमती भने माइतमा बस्दै आएकी थिइन् । बाबुसँगै बसेकी छोरीको हत्या गरिएको हो । घटनामा संलग्न घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :१३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्