जुम्ला आगलागी घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले आज अपराह्न ट्विटमार्फत अग्निपीडितप्रति सहानुभूति व्यक्त गर्दै पीडित परिवारका लागि राहत एवं पुनस्थापनाको आवश्यक व्यवस्था मिलाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस्