चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता



काठमाडौं : सर्वाेच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमै अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

पूर्व प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध बुधबार सर्वोच्चमा मुद्दा दर्ता भएको हो। चार पूर्व प्रधानन्यायाधीशको संयुक्त वक्तव्यले अदालतको मानहानी गरेको भन्दै अधिवक्ता लोचन भट्टराईले मुद्दा दर्ता गरेका हुन्। यसअघि मंगलबार प्रक्रिया नमिलेको भन्दै फिर्ता पठाइदिएको त्यो मुद्दा सर्वोच्चले बुधबार दर्ता गरिदिएको हो ।

पूर्व प्रधानन्यायाधीश रहिसकेका व्यक्तिले प्रेस विज्ञप्ति मार्फत दिएको अभिव्यक्तिले सर्वोच्च अदालतले गरेका निर्णय, फैसलाहरु सबै आफ्नो निहित स्वार्थ अनुकूल हुनु पर्ने, अनुकूल भएको खण्डमा स्वागत गर्ने र अनुकूल नभएको खण्डमा तुरुन्त नकारात्मक धारणा, खण्डन र आलोचना गर्ने र गर्न मिल्ने रहेछ भन्ने कुरालाई लक्षित र प्रमाणित गरेको आरोप मुद्दामा लगाइएको छ।

यस्ता प्रकारका संविधान र कानुन विपरीत कार्य गर्नु, निष्पक्ष र स्वतन्त्र तथा सक्षम न्यायालयलाई प्रभावित गर्ने गरी प्रेस विज्ञप्ती जारी गरी अदालतको अनआस्था फैलाउने कार्य भएको मुद्दामा उल्लेख छ।

उक्त मुद्दाको सर्वोच्चले बिहीबार पेसी तोकेको छ। यसअघि मंगलबार प्रधानमन्त्री केपी ओलीविरुद्ध दुई र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएका छन्।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई भैसेपाटी पुगेर विष्णु पौडेलले भेट गरेका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई जबाब

काठमाडौं । नेकपा नाम खारेज गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्ट प्रचण्ड–नेपाल पक्ष पुनरावलोकनमा जाने भएको

म्यान्मा : म्यान्मारमा सैनिक शासनविरुद्ध जारी आन्दोलनमा सहभागी एक नेपालीभाषी बर्मेलीको मृत्यु भएको प्रदर्शनकारीहरूले बताएका

काठमाडौँ : राष्ट्रिय जनमोर्चाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नै मिलेर सरकार गठन गर्नु

काठमाडौँ : सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित गृहकार्य

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटाप्रति

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिक नामका सन्दर्भमा आइतबार

काठमाडौँ । सर्वोच्च अदातलको आइतबारको फैसलापछि नेकपा दाहाल–नेपाल समूह कानुनविद्हरुसँग छलफलमा जुटेका छन् । अदालतको

काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलको नेतृत्वको पार्टीलाई दिएपछि कानुन व्यवसायीहरुले सर्वोच्च

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबार

काठमाडौं– एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता बदर गर्ने